ठगी गर्ने पूर्व प्रहरीहरु पक्राउ


०६:०९ बजे

वीरगञ्ज, २६ वैशाख । सादा पोशाकको प्रहरी हुँ भन्दै ठगी गर्ने ३ जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका–१४ पिपरा बस्ने ३७ वर्षीय ज्ञानबहादुर साह, कलैया उपमहानगरपालिका–६ बस्ने २६ वर्षीय मुकेश सर्राफ र फेटा गाउँपालिका–७ कुकुरभुका २६ वर्षीय रवी शंकरप्रसाद यादव पक्राउ परेका हुन् ।

उनीहरुलाई वीरगञ्ज महानगरपालिकाको इनरुवा, जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय आसपासबाट २५ गते बुधबार दिउँसो पक्राउ गरिएको थियो । उनीहरुमध्ये २ जना पूर्व प्रहरी र एक जना पूर्व सशस्त्र प्रहरी हुन् । तर, उनीहरुले बहालवाला सादा पोशाकको प्रहरी भन्दै सर्वसाधरणलाई ठगी गरिरहेको दावी प्रहरीले गरेको छ ।

उनीहरुलाई सार्वजनिक मुद्धा दर्ता गरिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले सादा पोशाकको प्रहरी हुँ भनेर सर्वसाधरणलाई ठगेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको पुष्टि गरे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७