चट्याङ लागेर झापामा एकको मृत्यु, दुई घाइते


११:४९ बजे

भद्रपुर (झापा), २३ चैत । शनिबार बिहान पानीसँगै परेको चट्याङ लागेर झापामा एकजनाको मृत्यु भएको छ, भने दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका १५ ज्यामिरगढी निवासी ४० वर्षीय प्रकाश राउत रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार मृतक राउतका श्रीमती ३५ बर्षीया सुनिता राउत र उनका भाउजु ३६ बर्षीया मञ्जु राउत घाइते भएको जनाइएको छ । दुवै जनाको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचार भइरहेको जनाइएको छ ।

शनिबार बिहान ८ बजेको समयमा खेतमा काम गरिरहेका राउत परिवारलाई चट्याङ लाग्दा तीनै जना गम्भिर घाइते भएका थिए । घाइते तीनैजनालाई उपचारका लागि ओमसाई अस्पताल र्पुयाएको थियो ।
प्रकाशको उपचारको क्रममा मृत्यु भएको डिएपसी श्रेष्ठले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७