एसईईको प्रश्नपत्र आउटमा प्रहरी र शिक्षक संग्लन, ६ जना सार्वजनिक


०२:३७ बजे

काठमाडौं, २१ चैत : प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न दुई प्रहरी, एक शिक्षकसहित ६ जना आरोपीलाई सार्वजनिक गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।


उनीहरुबाट विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रहरी र शिक्षकै संग्लनतामा प्रश्न पत्र बाहिरिएको तथ्य खुलेको छ । प्रदेश २ प्रहरीको सहयोगमा भएको अनुसन्धानमा सप्तरीको राजविराजका शिक्षक मनोज यादव, विष्णुदेव यादव, राजेश यादव, उमेश यादव, ब्रह्मदेव सुनरइत र दीपेन्द्र कुमार मण्डलविरुद्ध कारबाही थालेको हो। आरोपीमध्ये मनोज शिक्षक हुन् भने ब्रह्मदेव र दीपेन्द्र कुमार प्रहरी जवान हुन् ।

उनीहरुले चैत १४ गतेको विज्ञान र १५ गतेको सामाजिक विषयको प्रश्नपत्र परीक्षा सुरु हुनुअगावै विभिन्न सामाजिक सञ्जालमार्फत आउट गरेका थिए । प्रश्नपत्र बाहिरिएलगत्तै राष्ट्रिय परीक्षा बोर्ड र प्रदेश २ सरकारले गठन गरेका समितिले छुट्टाछुट्टै छानबिन गरेका थिए ।

दुवै समितिले अनुसन्धान जारी रहेको बताइरहेका बेला सीआईबीले दुई प्रहरी जवानलाई नियन्त्रणमा लिएको हो । १५ गते हुने भनिएको सामाजिक विषयको प्रश्नपत्र परीक्षाको अघिल्लो साँझमै बाहिरिएको थियो । बाहिरिएको प्रश्नपत्र सिलबन्दी गरेर राखिएको गोप्य प्रश्नपत्रसँग हुबहु मिलेको पुष्टि भएपछि केन्द्रीय परीक्षा बोर्डले उक्त परीक्षा स्थगित गरेको घोषणा र्गयो ।

यिनै दुई घटनाको विश्लेषणपछि शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले १५ गते राति पत्रकार सम्मेलन गर्दै प्रश्नपत्र चुहावट आपराधिक काम भएको बताउँदै प्रदेश २ का बाँकी सबै परीक्षा स्थगितगरिएको बताएका थिए ।

त्यही दिन केन्द्रीय परीक्षा समन्वय समितिको बैठकले प्रश्नपत्र चुहावटबारे अनुसन्धान गर्न गृह मन्त्रालयमार्फत सीआईबीलाई अनुरोध गरेका थिए । लगत्तै सीआईबीको टोली अनुसन्धान गर्न प्रदेश २ पुगेको थियो ।

अनिवार्य ६ वटा विषयका प्रश्नपत्र प्रदेशपिच्छे फरकरफरक छापिएकाले प्रदेश २ मा प्रश्नपत्र बाहिरिए पनि अन्य प्रदेशमा भने परीक्षा यथावत् सञ्चालन भयो । परीक्षा बोर्डले प्रदेश २ मा आगामी २२ गतेबाट बाँकी विषयको परीक्षा गर्दैछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७