सरकारले बारा र पर्सामा ४ हजार १६८ थान कपडा र ४६८ थान त्रिपाल पठायो


१७:१८ बजे

काठमाडौँ, १८ चैत । हावाहुरीबाट प्रभावित जिल्ला बारा र पर्सामा सङ्घीय सरकारले ४ हजार १६८ थान कपडा ४६८ वटा त्रिपाल पठाएको छ ।

गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाकाअनुसार सशस्त्र प्रहरीको ट्रकमार्फत ४ हजार १६८ थान कपडा ४६८ वटा त्रिपालसँगै पठाएको छ । ५ सय घर परिवार प्रभावित भए पनि काठमाडौँबाट ४६८ त्रिपाल पठाएको हो । १५० वटा त्रिपाल बारा जिल्लामै बाँकी रहेकोले काठमाडौँबाट ४६८ पठाएको हो ।

सङ्घीय सरकारले विपदका समयका लागि मौज्दात राख्ने गरिएको हेटौंडास्थित खाद्यान्न सामग्रीको गोदाम घर प्रदेश सरकारलाई नै जिम्मा लगाएको छ । विपदका लागि आवश्यक सामान यस अघि सहरी विकास मन्त्रालय अन्तरगत हेरिन्थ्यो । तर, हाल त्यो अधिकार गृह मन्त्रालयलाई छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७