कपिलवस्तुको एक मतदान केन्द्रमा बम 


१८:४७ बजे

कपिलवस्तु : कपिलवस्तु क्षेत्र नम्बर १ अन्तर्गत वाणगंगा नगरपालिका बोडगाउँस्थित वाणगंगा बहुमुखी क्याम्पस मतदान केन्द्रमा बम भेटिएपछि  मतदान सुरु हुन सकेको छैन । मतदान केन्द्रमा बिहानै बम भेटिएपछि मतदान सुरु हुन ढिलाइ भएको हो। बम डिस्पोज गर्न नेपाली सेनाको टोली घटनास्थलमा पुगिसकेको छ । मतदान केन्द्रको ५०० मिटरदेखि १ किलोमिटर क्षेत्रभित्र मतदातालाई आउन दिइएको छैन। यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका दीपकुमार उपाध्याय र वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका चक्रापाणि खनाल 'बलदेव' प्रतिस्पर्धामा छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७