मेस्सी नायक बन्दा बार्सिलोनासँग स्पानियोल स्तब्ध, बनाए अर्को किर्तिमान


१५:३९ बजे

काठमाडौं, १७ चैत । ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले स्पेनिस स्पानियोलमाथि सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले आफ्नै घरेलु मैदानमा स्पानियोललाई २–० गोलअन्तरले पराजित गरेको हो ।

भेनेजुएलासँगको हारमा चोट बोकेका अर्जेन्टिनी फरवार्ड मेस्सी क्लब फुटबलमा फर्किएपछि आफ्नो प्रभाव जमाउन सफल भएका हुन् । भेनेजुएलासँग चोट बोकेपछि मोरोक्को विरुद्द अर्जेन्टिनाको जितमा भने उनी खेलेका थिएनन् ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी नायक बने । उनकै दुवैै गोलमा बार्सिलोनाले स्पानियोलमाथि जित हात पारेको हो । पहिलो हाफसम्म बार्सिलोनालाई स्पानियोलले गोलरहित बराबरीमा रोकेको थियो । तर दोस्रो हाफमा भने कप्तान मेस्सी चम्किए । उनले खेलको ७१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ८९औं मिनेटमा मेस्सीले फेरी गोल गर्दै बार्सिलोनालाई २–० गोलको जित दिलाए ।

https://youtu.be/c5Y0TboMhNQ

शनिबार राति नै भएका अन्य खेलमा लिगको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले अलाभेसलाई ४–० गोलअन्तरले पराजित गर्दा सेल्टा भिगोले भिल्लारियललाई ३–२ ले र लेगानेसले गेटाफेलाई २–० गोलअन्तरले पराजित गरेका छन् ।

लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको २९ खेलबाट ६९ अंक भएको छ । यता, दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको समान खेलबाट ५९ अंक छ । लिगको तेस्रो स्थानमा रहेको रियल मड्रिडको भने २८ खेलबाट ५४अंक छ ।

मेस्सीले बनाए अर्को किर्तिमान
एस्प्यानोलविरुद्ध दुई गोल गर्दै बार्सिलोनाको जितमा नायक बनेका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले बार्सिलोनाबाट अर्को किर्तिमान बनाएका छन्।

स्पेनिस लिग ला लिगामा सर्वाधिक जित दर्ता गर्ने खेलाडीको रुपमा उनले रियलका पूर्व गोलकिपर इकार क्यासिलासको किर्तिमान बराबर गरेका हुन् । एस्प्यानोलविरुद्ध दोस्रो हाफमा दुई गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका मेस्सीका लागि यो ३ सय ३४ औं जित थियो, जुन क्यासिलाससँग बराबरी हो ।

त्यस्तै मेस्सी बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने सूचीको दोस्रो स्थानमा उक्लिएका छन् । ६ सय ७५ खेल खेलेका उनले आन्द्रे इनियेस्टालाई उछिनेका हुन् । बार्सिलोनाका लागि जाभीले सर्वाधिक ७ सय ६७ पटक खेलेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७