बादल–विप्लवको सशस्त्र युद्धकालीन तस्विर राख्दै बाबुरामले लेखे, ‘फेरि इतिहास दोहोरिन लागेको हो ?’


२०७५ फाल्गुण २९ बुधबार १७:४५ बजे

काठमाडौं, २९ फागुन । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक संगठन भन्दै प्रतिबन्ध घोषणा गरेपछि नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई झस्किएका छन् ।

तत्कालीन नेकपा माओवादीका नेता समेत रहेका डा. भट्टराईले सामाजिक सञ्जालमा १० वर्षे सशस्त्र युद्धका बेला खिचिएको रामबहादुर थापा ‘बादल’ र नेत्रविक्रम चन्द ‘विप्लव’ सँगै रहेको तस्विर सार्वजनिक गर्दै फेरि पूरानै इतिहास दोहोरिन लागेको हो कि ? भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन् ‘माक्सले हेगेललाई उद्धृत गर्दै भनेका थिए, ‘इतिहास दुईचोटी दोहोरिन्छ, पहिलोचोटी वियोगान्त, रूपमा र दोस्रोचोटी मजाकका रुपमा’ । नेकपा डबल सरकारले नेकपा बिप्लव समूहलाई ‘अपराधिक’ भन्दै औपचारिक रूपले प्रतिबन्धित गरेको छ र उसकाविरूद्ध राज्यको सुरक्षा शक्ति प्रयोग गर्ने घोषणा गरेको छ उनले अगाडि लेखेका छन् ।

‘एउटा कम्युनिष्ट भन्ने पार्टीको सरकारले अर्को कम्युनिष्ट नै दावी गर्ने समूहलाई यसरी दमन गर्ने तयारी देख्दा विश्व इतिहासका यस्तै केही चर्चित विडम्वनापूर्ण घटनाको सम्झना गराउँछ’, डा. भट्टराईले लेखेका छन् ।

आखिर त्यसको परिणाम के भयो ? अन्ततः दुवै धारको भिन्न भिन्न प्रकारले अवसान भयो भन्दै उनले लेखेका छन् ‘के नेपालमा पनि त्यही इतिहास दोहोरिन लागेको हो ?’ १० वर्षे सशस्त्र युद्धका बेला राज्य व्यवस्था परिवर्तनका लागि लडेका बादल–विप्लव अहिले भिन्न मात्र होइन फरक ठाउँमा छन् ।

विप्लव अहिले पनि राज्य व्यवस्थामा परिवर्तन हुन नसकेको भन्दै सशस्त्र युद्धको तयारीमा जाँदैछन् भन्ने बादल तत्कालीन पार्टी समायोजन हुँदै अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट गृहमन्त्रीको जिम्मेवारीमा छन् । बादल अहिले सरकारको गृहमन्त्रीको हैसियतमा विगतमा सँगै युद्ध लडेका साथी विप्लवलाई प्रतिवन्ध लगाउने ठाउँमा मात्र आइपुगेका छैनन् । प्रतिबन्ध नै लगाएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७