भारतीय सांसदको नेपालीमाथि अपमानजनक ट्वीट, लेखिन्, ‘चौकीदार त नेपालबाट मगाउन सकिन्छ’


२०७५ फाल्गुण २८ मंगलबार ११:५३ बजे

काठमाडौं, २८ फागुन । भारतीय आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपाल र नेपालीबारे आपतिजनक र अपमानजनक टिप्पणी गरेकी छिन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलक्षित सामाजिक सञ्जाल ट्वीटरमा उनले नेपालबारे अपमानजनक ट्वीट गरेकी हुन् । सांसद अल्का लाम्बाले आफ्नो ट्वीटमा लेखेकी छिन,

‘प्रिय भारतवासी, कृपया यस पटक प्रधानमन्त्री चुन्नु होला । चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ । नेपालका चौकीदार चोर हुँदैनन् ।’

भारतीय सांसदको यस्तो अपमानजनक ट्वीटको अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । भारतीय कंग्रेसकी नेतृ रहेकी लाम्बाले पार्टी परित्याग गर्दै सन् २०१३ मा आम आदमी पार्टीमा आबद्ध भएकी थिइन् । उनी दिल्लीको चाँदनी चोकबाट सांसद पदमा निर्वाचित भएकी हुन् । उनी गो इण्डिया फाउन्डेसन नामक गैरसरकारी संस्थाकी अध्यक्ष समेत हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७