इथियोपियन विमान दुर्घटनामा नेपालीको पनि मृत्यु, १४९ मध्ये कुन देशका कति थिए ? (सूचीसहित)

काठमाडौं, २६ फागुन । इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर उडेको विमान दुर्घटनामा एक जना नेपालीको पनि ज्यान गएको भएको छ ।

दुर्घटनामा मृत्यु भएका नेपालीको पहिचान भने हुन सकेको छैन् । विमानमा सवार ८ चालक दलसहित १४९ जना सबैको ज्यान गएको पुष्टि भइसकेको छ । त्यस्तै विमान दुर्घटनामा मृत्यु हुनेमा सबैभन्दा धेरै केन्याका रहेका छन् । केन्याका ३२ जनाले विमान दुर्घटनामा ज्यान गुमाएका छन् । त्यस्तै क्यानडाका १८, इथोपियाका ९ जना, चीनका ८, इटालीका ८, अमेरिकाका ८ र फ्रान्सका ७ जना रहेका छन् ।
यस्तै युकेका ७, इजिप्टका ६, जर्मनीका ५, भारतका ४ स्लोभकियाका ४, रसियाका ३, स्वीडेनका ३, स्पेनका २, इजरायलका २ जनाले ज्यान गुमाएका छन् ।
इथियोपियाली विमान कम्पनीको बोइङ ७३७–८०० म्याक्स अदिस अबाबा बोल इन्टरनेशनल एअरपोर्टबाट विहान ८ः३८ मा उडेको र उडेको ६ मिनेटपछि नै विमानको टावरसँग सम्पर्क विच्छेद भएपछि दुर्घटना भएको थियो ।
विमान इथियोपियाको राजधानी अदिस अबाबाबाट ४५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित बोसोफ्टु शहर नजिकै दुर्घटनाग्रस्त भएको हो ।
