प्रचण्ड र नेपाल यसरी प्रशंसा गरागर भए


११:५४ बजे

काठमाडौं: मङ्सिर २१ गते हुने दोस्रो चरणको निर्वाचन नजिकिएसंगै दलहरूले प्रचारप्रसार तीव्र बढाएको छ । शनिवार काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बनेका नेकपा (एमाले)का बरिष्ट नेत माधवकुमार नेपालको चुनावी प्रचारप्रसार कार्यक्रम अलि फरक ढङ्गको थियो ।

पेप्सीकोलामा सम्पन्न चुनावी सभा कार्यक्रममा उम्मेदवार नेपाल मात्रै उपस्थित थिएनन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ पनि नेपाललाई मत मागि सघाउन पुगेका थिए । उनीहरू दुवैले मतादाता समक्ष मत माग्नमात्रै भ्याएनन् एकले अर्काको खुले प्रशंसा पनि गरे । दुवै पार्टीका शीर्ष नेताहरू कसिलो हात बाँधेर मतदातालाई अविवादन गर्दा बेस्गरी तालीको गडगडाहट पनि पाए । दुवैको चेहरा उज्जर । प्रचण्ड पनि पुत्र शोकबाट मुक्त भैसकेको जस्तो देखिन्थो । नेपाल भन्दा पहिलो बोल्ने पालो आएको प्रचण्डले नेपालको बौदिकता देखी क्षमता सबै बखान्न भ्याए । नेपालको चुनावीसभामा आउने पहिले बाटै तयारी गरे पनि विभिन्न प्राविधिक कारणले उपस्थित हुन नसकेको उनले बताए । त्यसपछि उनले नेपालको गुणगान गाउन सुरु गरिहाले । जनयुद्ध काल पश्चात् शान्ति प्रकृयामालाई तार्किक निष्कर्षमा पु¥याउने मध्येका एक पात्र माधव नेपाल राजनीतिक सङ्कटलाई पार लगाउन सकने क्षमता भएको व्यत्तित्व हो प्रचण्डले भन्दै गर्दा नेपाल गमक्क परेको देन्थ्यिो । उनको भनाइबाट स्पष्ट हुन्थ्यो शान्तिप्रकृया जस्तो जटिल विषयलाई निष्कर्षमा पुर्‍याउने व्यक्तिलाई यो क्षेत्रबाट विजयी गराएर पठाउन मतदाता समक्ष आग्रह गरिरहेको । उनले भने, ‘नेपालको प्रधानमन्त्री समेत बनिसक्नु भएको माधवकुमार नेपाल यो क्षेत्रका लागि मात्र होइन नेपालको राजनीतिका लागि पनि आवश्यक व्यक्ति हुनुहुन्छ माधव नेपाल, यस्तो व्यक्ति तपाईँहरूले प्राप्त गर्नुभएको छ । यो तपाईँहरूको पनि गौरवको कुरा हो ।’ प्रचण्डले यत्तिमै प्रशंसा गर्न टुङग्याएनन् । नेपालले चालेका भूमिकाको फेहरिस्तेको बेलिविस्तारनै लगाए । ‘सुशासनका निमित्त माधव नेपालले निरन्तर मेहनत गर्नुभयो । देशमा शान्ति र स्थिरता ल्याउन उहाँले खेल्नुभएको भूमिका अविस्मरणीय छ’, उनले भने, ‘१२ बुँदे शान्ति सम्झौतामा नेपालले जोखिम मोलेको र नेपालसँगको भेटले नै शान्ति प्रकिया सम्भव भएको हो । जोखिम मोलेर नेपाल र भारतका विभिन्न ठाउँमा हामी नभेटेको भए, छलफल नगरेको भए, विश्वास नगरेको भए १२ बुँदे सम्झौता हुने थिएन ।’ प्रचण्डपछि बोल्ने पालो आएको नेपालले पनि प्रचण्डको खुलेर प्रंशंसा गरे। ‘हामी दुई जनता फरक–फरक आन्दोलनका प्रतीक हौँ,’ नेपालले भने, ‘अहिले एकै ठाउँ उभिएका छौँ । प्रचण्डजी फड्को हानेर जोखिम मोल्ने अर्थात् राजनीतिलाई निर्णायक मोड दिन सक्ने क्षमताको व्यक्ति हुनुहुन्छ ।’ नेपालले प्रशंसा गरिरहादा उता प्रचण्ड बेखुसी हुने कुरौ भएन । ‘उहाँ राजनीतिका लागि कुशल व्यत्तित्व पनि हो,’ प्रचण्डतिर फर्किएर नेपालले भने, ‘हामी एकै ठाउँ छौँ । राजनीतिलाई निर्णायक मोड दिन सक्ने क्षमताका व्यक्ति प्रचण्डजी र हामी एकै ठाउँ भएपछि मुलुक वाममय बन्नेछ ।’ त्यसपछि भने उपस्थित माझले नारा लगाउन थाले । ‘पुसको पहिलो हप्तामा वाम गठबन्धन सत्तामा, वाम एकता जिन्दाबाद !’

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७