विश्वकप फुटबल २०१८ को को पोष्टर सार्वजनिक

काठमाडौं: विश्वकप फुटबलको पोष्टर सार्वजनिक भएको छ । आउँदो जुनमा हुने विश्वकप २०१८ को ड्र मंगलबार सार्वजनिक हुँदैछ । त्यसको पूर्वसन्ध्यामा रसियाले पोष्टर सार्वजनिक गरेको हो ।
इगोन गुरोभिजले डिजाइन गरेको यो पोष्टर फुटवल इतिहासमा रुसको लागि महत्वपूर्ण सावित हुने र धेरैले रुचाउने अपेक्षा गरिएको छ । यो रुसको कलात्मक र फुटवल इतिहासको एक प्रतिबिम्ब भएको फिफाका सचिव जनरल फाटामा सामुराले बताए ।