सन्दीप पाकिस्तान सुपर लिग खेल्ने
काठमाडौं ४ मंसिर । नेपाली क्रिकेटर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग ‘पिएसएल’ खेल्ने भएको छ । मंगलबार भएको अक्सनमा लाहोर क्वालान्डर्सले सन्दीपलाई अनुबन्ध गरेको हो । सन्दीपलाई लाहोरले गोल्ड क्याटागोरीबा पहिलो नम्बरमा टिममा लिएको हो ।
सन्दीपले न्यूनतम ५० हजार डलर पारिश्रमिक पाउने छन् । आगामी १४ फेब्रुअरीदेखि १७ मार्चसम्म यूएई र पाकिस्तानमा खेल हुने छ । पिएसएलमा इस्लामाबाद युनाइटेड, कराँची किंग्स, लाहोर क्वालान्डर्स, पेसावर जल्मी,क्येवा ग्लाडिएर र द सिक्थ टोली भिड्ने छन् ।