काठमाडौँ, २१ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना तथा प्रविधि विज्ञमा अस्गर अलीलाई नियुक्त गरेका छन् । सफल युवा आईटी उद्यमी अस्गर अलीलाई प्रधानमन्त्री ओलीले बुधवार नियुक्त गरेका हुन् ।
प्रविधिको प्रयोगबाट देशभरी सहज ढङ्गले जनतालाई सेवा दिने प्रबिधिकको बिकास र बिस्तारलाई प्रभावकारी बनाउन उनलाई प्रधानमन्त्री ओलीले रोजेका हुन् । प्रधानमन्त्री ओलीले विज्ञताको आधारमा उनलाई नियुक्त गरेका हुन् ।
को हुन् अली ?
अली सूचना तथा प्रबिधि क्षेत्रमा गहिरो ज्ञान र प्रभाव राख्ने युव उद्यमी समेत हुन् । अली नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोन पे प्रा.लि’का कार्यकारी निर्देशक समेत हुन् ।
नेपालमा डिजिटल भुक्तानीको बिकास र यसप्रतिको विश्वास जगाउने काममा उनको भुमिका छ । विद्युतीय भुक्तानी प्रदायकले गुणस्तरीय सेवा दिन सक्छन् भनेर विश्वास जगाउने काम उनको कम्पनीले गरेको छ । सरकारी काम पनि विद्युतीय भुक्तानी मार्फत गर्न सकिए भ्रष्टचार कम गर्न सकिने विश्वास छ ।
इसेवाले विभिन्न ठाउँमा रहेका एजेन्ट, इसेवा जोन र व्यक्तीगत एकाउन्टबाट रिचार्ज लगायतका अन्य भुक्तानी सेवा दिइरहेको छ । अघिल्लो वर्षसम्म रिचार्ज कार्ड बेच्ने कम्पनीहरु व्यापार गर्ने रकमको आधारमा एक नम्बरमा हुन्थे तर यो वर्ष अनलाइनमार्फत(जसलाई एमपोस भनिन्छ) रिचार्ज गर्ने कम्पनीले उछिनेको छ ।
नेपालमै पहिलो पटक आयोजना भएकोे सिइओ समिट तथा अवार्ड कार्यक्रममा अलीले ‘योङ सिईओ अफ दि इयर’ विधामा अवार्ड समेत जितेका थिए । अलीले आफ्नो सिप र अनुभवलाई देशको आधुनिकिरण र समृद्धिको निम्ती प्रयोग गर्न पाउदा खुसी लागेको बताए ।