अनियन्त्रित कारको ठक्करबाट सुन्धारामा १२ घाइते


२०७५ मङ्सिर १३ बिहीबार २१:५२ बजे

काठमाडौं, १३ मंसिर । सुन्धारामा एक नीजि कारको ठक्करबाट १२ जना घाइते भएका छन् । नेपाल एयरलाइन्सको पार्किङबाट बाहिर निस्कने क्रममा बा १८ च ४८७३ नम्बरको कारले सडकमा रहेका यात्रुलाई ठक्कर दिएको हो ।



कारका चालक भेषराज पौडेलले ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीलाई बताएका छन् । कारको ठक्करबाट घाइते हुनेहरुमा सन्तोषी नेपाली, फिलिपिन्सका नागरिक केसिया, जुली बुढाथोकी, गंगामायाँ राई, रुद्रमान पती, प्रज्ञा ज्योति परियार, भावना बोहोरा, मिरा थापा, जोसना ठकुरी, सत्यराज ठकुरी, सृजना पहरी र उर्मीला अधिकारी रहेका छन्।

उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७