खेलकूदमन्त्री विश्वकर्माद्वारा नेपालगन्ज रंगशाला शिलान्यास


२०७५ श्रावण ८ मंगलबार ०८:२८ बजे
खजुरा,बाँके ८: श्रावण युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकको समृद्धि तथा विकासका लागि खेलकूदको माध्यमबाट सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताएका छन्। आठौँ राष्ट्रिय खेलकूद २०७५ मिसनमा निर्माण गर्न लागिएको नेपालगन्ज रंगशालाको आज साँझ शिलान्यास गर्दै मन्त्री विश्वकर्माले खेलकूदबाट मुलुकलाई विकासको दिशातर्फ प्रवाह गर्न सकिने बताए। उनले नेपालगन्जमा हुन लागेको आठौँ राष्ट्रिय खेलकूद राष्ट्रियस्तरकै प्रतियोगिता भएकाले यसलाई सफल बनाउन बजेट अभाव हुन नदिने आश्वासन दिए। समारोहमा राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशव विष्ट, मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, राजपाका केन्द्रीय उपाध्यक्ष विजय गुप्ता, नेपाली काँग्रेस बाँके सभापति किरण कोइरालाले पनि बोलेका थिए। मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समितिद्वारा रु २५ करोडको लागतमा नेपालगन्ज रंगशाला र ट्रायाक एण्ड फिल्ड निर्माण हुन लागेको छ। कूल रु ६६ करोडमा जिल्लाको नेपालगन्ज र कोहलपुरमा खेलकूदका पूर्वाधार निर्माणको काम तीव्र रुपमा भइरहेको मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले बताए। उनका अनुसार सात बिघा क्षेत्रफल रहेको रंगशालामा कभर्ड हलको छाना निर्माण, सुटिङ रेञ्ज, भारत्तोलन एकेडेमी र पौडी पोखरी निर्माणको योजना पनि भइरहेको छ। यही मंसीर २१ देखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगिताको मूल तयारी समितिका संयोजक खेलकुदमन्त्री विश्वकर्माको अध्यक्षतामा आज नेपालगन्जमा बसेको पहिलो बैठकले तयारीलगायतका विषयमा छलफल गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७