काठमाडौं, ८ साउन । लाओसमा स्थानीय हाइड्रोपावरको बाँध भत्किँदा सयौ बगेर बेपत्ता भएका छन् । लाओसको दक्षिणी पूर्वी क्षेत्रमा एक बाँध भत्किँदा उनीहरु बेपत्ता भएका हुन् ।
अट्टापेउ राज्यमा रहेको हाइड्रो पावरको बाँध सोमबार भत्किँदा आएको बाढीले ६ गाउँहरु डुवानमा परेको लाओसका सञ्चारमाध्यमहरुले समाचार पस्किएका छन् । बाँध भत्किएपछि आएको बाढीले घर बगाउँदा ६ हजार ६ सय मानिसहरु घरवारबिहीन भएको जनाइएको छ । घटनामा के कति मानिसको मृत्यु भयो भन्नेबारे अहिलेसम्म आधिकारिक जानकारी बाहिर आउन सकेको छैन ।
जेपियन–जे नाम नोय नामक उक्त बाध भत्कनुको कारण भने खुलेको छैन् । लाओसका प्रधानमन्त्री टोङलोङ सिसोलिथ उक्त दुर्घटनापछि सम्पूर्ण सरकारी मिटिङहरु स्थगित गर्दै उच्च तहका अधिकारीहरु प्रभावित क्षेत्रको स्थलगत भम्रणमा गएका छन् । स्थानीय अधिकारीहरुले सरकारी निकाय र अन्य समूदायहरुलाई आपतकालिन सहयोगका लागि आग्रह गरेका छन् । एजेन्सी