मोदी भ्रमणमा मनपरी खर्च


२०७५ श्रावण ८ मंगलबार १०:५४ बजे
काठमाडौं, ८ साउन । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा सवा ६ करोड रुपैयाँ खर्च गरेको  छ । अाजकाे कारोबार दैनिकको पहिलो पृष्ठमा छापिएको छ । आर्थिक अनुशासन र खर्चमा मितव्ययिता कायम गर्ने सरकारको प्रतिवद्धताविपरित अर्थ मन्त्रालयले मोदी भ्रमण व्यवस्थापनका क्रममा करिब ३० घण्टाको खर्च विभिन्न ९ वटा निकायलाई ६ करोड ३३ लाख ७३ हजार २ सय ७७ रुपैयाँ निकासा दिएको हो । वैशाख २८ गते बिहारको राजधानी पटनाबाट जानकी मन्दिर हुँदै काठमाडौं आएका मोदी वैशाख २९ गते नै स्वदेश फिर्ता भएका थिए । अर्थ मन्त्रालयले २ नम्बर प्रदेश मुख्यमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, महानगरीय प्रहरी, महानगरीय सशस्त्र प्रहरी, क्षेत्रीय सशस्त्र प्रहरीका नाममा उक्त रकम निकासा दिएको हो । समाचारमा लेखिएको छ, बहालवाला तथा पूर्व प्रशासकहरु नै यत्रो खर्च अस्वभाविक भएको बताउँछन् । एक सचिव भन्छन्, 'एकतातिर खर्चमा आर्थिक अनुशासन र मितव्ययिता भन्ने अर्कातिर अस्वभाविक बिलभुक्तानी अर्थबाटै स्वीकृति गर्नेकुरा पटक्कै सुहाएन ।'

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७