काठमाडौं, ५ साउन : शिक्षा र स्वास्थ्यलाई सरकारीकरण गर्न माग सहित माइतीघर मण्डलामा शनिबार पनि प्रर्दशन भएको छ । हाल सञ्चालनमा रहेका सबै शैक्षिक संस्था र स्वास्थ्यसंस्थाहरुलाई राष्ट्रियकरण गर्नुपर्ने प्रर्दशनकारीहरुको माग छ ।
शनिबार राजधानीको माइतीघर मण्डलामा यूवाहरुको संगठन युथ एलायन्स नामक संस्थाले सबै मेडिकल कलेजलाई राष्ट्रियकरण गर्नु पर्ने माग राखेका हुन् । उनीहरुले शिक्षा र स्वास्थ्यजस्ता अत्यन्तै गम्भीर र संवेदनशील विषयलाई सरकारीकरण गर्नुपर्ने माग गरे । उनीहरुले भएका सबै मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गरेर समाजवाद तर्फको यात्रा सुरु गर्नुपर्ने बताएका थिए ।
अभियानका एक जना अभियान्ता आरके रोमशले शिक्षा र स्वास्थ्यलाई राष्ट्रियकरण गर्न दबाब दिन अभियान जारी राखिएको बताए । यो अभियान देशभर लैजाने उनको भनाई छ ।
फोटो फिचर :-