पर्यटन क्षेत्रमा काम गर्ने १ सय १४ ताप्लेजुङेलाई योगेशले गरे सम्मान (फोटो फिचर)


२०७५ असार २९ शुक्रबार १५:०८ बजे
काठमाडौं, २९ असार :  ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद तथा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य योगेश भट्टराईले आफ्नो निर्वाचन क्षेत्रका पर्यटन क्षेत्रमा काम गर्ने १ सय १४ जना अगुवाहरुलाई सम्मान गरेका छन् । पर्यटन क्षेत्रबाट ताप्लेजुङ जिल्ला र देशलाई गरिरहेको योगदानमा कदर गर्दै थप उत्साह प्रदान गर्ने उद्देश्यले उनीहरुलाई सम्मान गरेका हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई प्रमुख अतिथि बनाएर गरिएको सम्मान कार्यक्रममा ताप्लेजुङ जिल्लामा जन्मेर पर्यटन क्षेत्रमा सक्रियहरुको उपस्थीति थियो । विश्वको सर्बोच्च शिखर सगरमाथा र कञ्चनजंघा हिमाल आरोहण गर्न सफल आरोही र उनीहरुलाई सहयोग गर्ने संस्था तथा पर्यटन व्यवसायमा क्रियाशीलहरु १ सय १४ जनालाई जनप्रतिनिधिको हैसियतले भट्टराईले सम्मान गरेको कार्यक्रम आयोजनमा सक्रिय प्रेम गुरागाईले बताए । कार्यक्रममा पर्यटन व्यवासायी, हिमाल आरोहीहरुको उपस्थीति थियो । कार्यक्रममा पर्यटनमन्त्री अधिकारीले पर्यटन वर्ष २०२० सम्म २० लाख पर्यटक भित्रायाउने बताए । उनले नेपाललाई चाँडै नै राम्रो पर्यटकीय गनव्यका रुपमा विकास गर्ने गरी आफूले अन्तर्राष्ट्रियस्तरमै काम गरिरहेको बताए । पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको सरकारका मन्त्रीहरुले काम गर्न नसकेको भन्दै सामाजिक सञ्जालमा केहीले आलोचना गरिरहेका बेला संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले भने आलोचना गरेजस्तो अवस्था नभएको बताए । उनले अन्तर्राष्ट्रिय उडानका लागि चारवटा रुट प्राप्त गरेको भन्दै आफ्नो कार्यकालको अर्को सफल कार्यको सूची बताए । उनले एकलाख बढी युवायुवतीलाई पर्यटनका क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति बनाउन तालिम दिने, पर्यटन विश्वविद्यालय स्थापना गर्ने जस्ता दूरगामी महत्वका एजेन्डा रहेको पनि मन्त्री अधिकारीले बताए । नेता भट्टराईले आफ्नो गृह जिल्ला पर्यटनका लागि अत्यन्तै सम्भावनायुक्त ठाउँ भएको भन्दै कुनै समय आफू अनेरास्ववियुको अध्यक्ष हुँदा महासचिव रहेका वर्तमान पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई सरकारको ध्यान नेपालका कुनाकाप्चामा रहको पर्यटकीय स्थलको प्रबद्धनमा ध्यान दिन सुझाव दिए । उनले ताप्लेजुङ पर्यटनका लागि सम्भाव नै सम्भावनायुक्त जिल्ला रहेको  बताए । कार्यक्रममा ताप्लेजुङ जिल्लाका पूर्व संसदहरु कालीप्रसाद उप्रेती , डम्बरध्वज तुम्बहाम्फे ,पासाङ शेर्पा, पूर्व मन्त्री याङकीला शेर्पा, लासका पूर्व महावाणिज्य दूत ताम्लाल उक्याव , प्रदेशसभा संसद् वलवहादुर साम्सोहाङ, नेपाल पर्यटन बोर्डका अध्यक्ष दीपक जोशी, नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सान्तविर लामा, ताप्लेजुङ सरोकार केन्द्र ,ताप्लेजुङ काठमाडौँ सम्पर्क मञ्चका नेताहरुको उपस्थीति थियो । हेर्नुहोस् फोटो फिचर :-

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७