ग्लोबल आइएमई गल्फमा अश्माङ्क कार्की र अञ्जिला योञ्जन बने च्याम्पियन
काठमाडौं : गोकर्ण गल्फ क्लबमा आयोजित दुईदिने ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन् । १० ह्यान्डिक्यापमा खेलेका कार्कीले ४२ स्टेबलफोर्ड अङ्क जोड्दै उपाधि हात पारेका हुन् ।
उपाधिसँगै उनले ट्रफी, चन्द्रागिरि हिल्सको प्रेसिडेन्सियल सुइटमा एक रातको बसाइ, डिशहोम फाइबर इन्टरनेटको एक वर्षको सदस्यता र प्रतियोगिताको च्याम्पियनलाई प्रदान गरिने ‘ब्लु ज्याकेट’ प्राप्त गरे ।
३८ अङ्क जोडेका ब्रिगेडियर जनरल सुभाषजङ्ग थापा काउन्टब्याकका आधारमा उपविजेता बने ।
.jpeg)
महिलातर्फ ३५ अङ्कसहित अञ्जिला योञ्जन विजेता बनिन् भने ३३ अङ्क जोड्दै तारा कार्की चित्रकार उपविजेता भइन् । कूटनीतिक नियोगका गल्फरहरूको विधामा कर्णेल भी. सुब्रमण्यम र ६० वर्षमाथिको सिनियर विधामा तेन्डी शेर्पाले उपाधि जिते ।
प्रतियोगिताको पहिलो दिनको ट्रफी ३८ अङ्कसहित ऋषि अग्रवालले जिते । लङ्गेस्ट ड्राइभतर्फ पहिलो दिन स्वप्निल भट्टराई र दोस्रो दिन विज्ञान राणा विजेता बने । क्लोजेस्ट टु द पिन अवार्ड पहिलो दिन वाङ्चेन ढोन्डुप र दोस्रो दिन तुलसी भट्टले प्राप्त गरे । मोस्ट बर्डिज अवार्ड पहिलो दिन टाशी डोङ र दोस्रो दिन संगम केसीले जिते ।
.jpeg)
पाँचौँ होलमा ‘होल इन वान’ गरेका गौरव शाहले विशेष पुरस्कार प्राप्त गरे । तर, दसौँ होलमा राखिएको स्कोडा कोडियाक कार भने कसैले जित्न सकेनन् ।
ग्लोबल आइएमई बैङ्कको प्रायोजनमा थ्री–क्वार्टर ह्यान्डिक्यापसहित स्टेबलफोर्ड फर्म्याटमा खेलाइएको प्रतियोगितामा पहिलो दिन ९५ र दोस्रो दिन ८० गरी कुल १७५ गल्फर सहभागी भएका थिए ।
विजेताहरूलाई नेपाल राष्ट्र बैङ्कका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल, ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले पुरस्कार वितरण गरे ।
.jpeg)
अन्य विधाका विजेताहरूले पनि चन्द्रागिरि हिल्समा एक रातको बसाइ र डिशहोम फाइबर इन्टरनेटको एक वर्षको प्याकेज प्राप्त गरेका छन् ।
ग्लोबल आइएमई बैङ्कले मुलुकका ७७ वटै जिल्लामा सञ्जाल विस्तार गरेको छ । बैङ्कका अनुसार हाल देशभर ३४१ शाखा, ३६६ एटिएम, १३६ शाखारहित बैङ्किङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशमा तीन प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको छ ।
.jpeg)
बैङ्कले भिसा इन्टरनेसनलबाट ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस’ विधामा सम्मान प्राप्त गरेको जनाएको छ । साथै, सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैङ्क नेपाल’ उपाधि हासिल गरेको पनि बैङ्कको भनाइ छ ।
.jpeg)
.jpeg)
.gif)

.png)




