देउवा समूहको समानान्तर महाधिवेशन रोक्न कांग्रेसले आयोग गुहार्ने


२०८३ मङ्सिर ११ शुक्रबार १५:२४ बजे

काठमाडौं : नेपाली कांग्रेसले शेरबहादुर देउवा समूहले आयोजना गर्न लागेको महाधिवेशनमा पार्टीको आधिकारिक चुनाव चिह्न रुख तथा चारतारे झण्डाको प्रयोग रोक्न माग गर्दै निर्वाचन आयोग जाने तयारी गरेको छ ।

१५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिक भइसकेको अवस्थामा देउवा समूहले पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डा प्रयोग गरेर समानान्तर महाधिवेशन अघि बढाएपछि कांग्रेसले आयोग गुहार्न लागेको हो ।

कांग्रेसले जारी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गराएर देउवा समूहको महाधिवेशनमा पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डा प्रयोग गर्न नदिन आयोगसँग माग गर्ने तयारी गरेको एक शीर्ष नेताले जानकारी दिए ।

‘एउटै पार्टीको दुईवटा महाधिवेशन हुन सक्दैन । कांग्रेसको महाधिवेशन सम्पन्न भएर निर्वाचित केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिक भइसकेको छ,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘कांग्रेसको रुख र झण्डा प्रयोग गरेर अर्को महाधिवेशन गर्न मिल्दैन । त्यसैले हामी आयोग जान्छौँ ।’

देउवा समूहले भने पार्टीको चुनाव चिह्न रुख र चारतारे झण्डा प्रयोग गर्दै वडा, पालिका, क्षेत्रीय, जिल्ला हुँदै प्रदेश अधिवेशनहरू गरिरहेको छ । उक्त समूहले आगामी मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने मिति तय गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७