अहिलेसम्मका ठूला काण्ड छानबिन गर्न उच्चस्तरीय समिति गठन गरौं  : महामन्त्री थापा


२०८१ फाल्गुण २८ बुधबार ००:०९ बजे

पश्चिम नवलपरासी । सत्ता साझेदार नेपाली कांग्रेस महामन्त्री गगन थापाले अहिलेसम्म चर्चामा रहेका ठूला भ्रष्टाचारका काण्ड छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने बताएका छन् ।

कांग्रेस पश्चिम नवलपरासी क्षेत्र नम्बर २ ‘क’ को क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले अख्तियार र सरकारले गरेका अनुसन्धानमा चित्त नबुझेको भए संसद्बाट उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषीलाई कारबाही गर्न सकिने बताए। ‘एकले अर्कालाई आरोप–प्रत्यारोप गर्नुभन्दा अवकाश प्राप्त कुनै प्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरौं,’ उनले भने, ‘समितिले दोषी देखाएका सबैलाई मामा, काका, दाइ नभनी सबैलाई कारबाही गरौं ।’

पछिल्लो समयमा नागरिकहरूमा असन्तुष्टि बढेकाले यसलाई सरकार र नेताले गम्भीर भएर सोच्नुपर्ने बताए । राजावादीप्रति लक्षित गर्दै महामन्त्री थापाले जनताको आक्रोशलाई एकथरी मानिसले घ्यू थप्ने प्रयास गरेकाले सरकार र दलका नेताहरूले जनभावना बुझेर अगाडि बढ्नुपर्ने बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७