गौमाताको पूजा र मीठा परिकार खुवाएर मनाइयो गाईतिहार


२०८३ कार्तिक २३ सोमबार १५:१२ बजे
तस्बिर : नेपाल फोटो सर्भिस (NPS)

काठमाडौं : यमपञ्चक अर्थात् तिहारको चौथो दिन सोमबार गाईको पूजा गरी मीठा परिकार खुवाएर गाईतिहार मनाइएको छ । हिन्दू धर्ममा गाईलाई पवित्र जनावरका रूपमा लिने गरिन्छ ।

गाईबाट प्राप्त हुने दूधलाई पोषिलो आहारका रूपमा उपयोग गरिने र आमाको दूधसँग तुलना गरिने भएकाले गाईलाई गौमाताका रूपमा सम्मान गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा छ ।

गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले धार्मिक अनुष्ठान तथा दैनिक जीवनमा समेत यसको विशेष महत्त्व रहेको विश्वास गरिन्छ । गाईतिहारका दिन विधिपूर्वक पूजा गरी विभिन्न परिकार खुवाउँदा पुण्य प्राप्त हुने धार्मिक मान्यता छ ।

वैदिक सनातन हिन्दू परम्परामा विभिन्न धार्मिक तथा संस्कारजन्य कार्यमा गाईदान गर्ने चलनसमेत रहिआएको छ ।

नेपालमा गाईलाई राष्ट्रिय जनावरका रूपमा मान्यता दिइएको छ । धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको गाईलाई सम्मान प्रकट गर्दै प्रत्येक वर्ष तिहारको चौथो दिन गाईतिहार मनाउने गरिन्छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७