भाटभटेनीको ढुवानी प्रणालीमा १४ विद्युतीय सवारीसाधन थपिए
काठमाडौं : फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा फोटोन टीएम१ विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ ।
एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स प्रालिअन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग विस्तार गर्ने उद्देश्यले उक्त गाडी हस्तान्तरण गरेको हो ।
‘टुगेदर टुवार्ड्स ग्रिनर फ्युचर’ नारासहित आयोजित हस्तान्तरण कार्यक्रमले दुवै संस्थाको वातावरणमैत्री यातायात प्रणाली विकास र दिगो व्यावसायिक अभ्यासप्रतिको साझा प्रतिबद्धता देखाएको कम्पनीले जनाएको छ ।
भाटभटेनी सुपरमार्केटले आफ्नो ढुवानी तथा वितरण प्रणालीमा विद्युतीय सवारीसाधन समावेश गरेको छ । यसबाट व्यवसाय सञ्चालनसँगै वातावरण संरक्षणलाई पनि प्राथमिकता दिएको देखिएको कम्पनीको भनाइ छ ।
फोटोन मोटर्स नेपालका अनुसार टीएम१ विद्युतीय सवारीसाधन वातावरणमैत्री प्रविधि, सञ्चालन खर्चमा बचत र भरपर्दो कार्यक्षमताका कारण व्यावसायिक ढुवानीका लागि उपयोगी विकल्प हुन सक्छन् ।
.gif)

.png)




