दोस्रो जितको खोजीमा कर्णाली, विराटनगरलाई पहिलो जितको प्रतीक्षा
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा भइरहेको छ।
त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि विराटनगरले ब्याटिङ गरिरहेको छ। कर्णाली आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ।
प्रतियोगिताको पहिलो खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। यता विराटनगर भने पहिलो जितको खोजीमा छ।
पहिलो खेलमा विराटनगर चितवन राइनोजसँग आठ रनले पराजित भएको थियो। त्यसैले आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण बनेको छ।
.gif)

.png)



