बालेनसँग छलफलपछि रविले भेटे सभामुख
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्।
लामिछाने बिहीबार सभामुख अर्याललाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्ष पुगेका थिए। उनीहरूबीच करिब २० मिनेट कुराकानी भएको सभामुखको सचिवालयले जनाएको छ।
उक्त भेटलाई सचिवालयले अनौपचारिक भनिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग लामिछानेको लामो भेट भएको भोलिपल्ट सभामुखसँग उनको भेट भएको हो। बुधबार लामिछाने र प्रधानमन्त्री शाहबीच करिब चार घण्टा छलफल भएको थियो।
प्रधानमन्त्री र सभामुखसँग लगातार भएका भेटबारे औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
.gif)

.png)



