राहुल यादवको घातक बलिङ : काठमाडौंले जनकपुरलाई दियो ११५ रनको लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्ससामु ११५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित ओभरमा ११५ रनको लक्ष्य दिएको हो।
काठमाडौंको ब्याटिङ ध्वस्त पार्ने क्रममा जनकपुरका तीव्र गतिका बलर राहुल यादवले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए।
.jpeg)
.gif)

.png)



