रास्वपा क्षेत्रीय सभापतिको घरमा जुवाखाल, ९ जना पक्राउ


२०८३ कार्तिक १८ बुधबार ०७:२२ बजे

बागलुङ : बागलुङमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का क्षेत्रीय सभापति अमर खड्काको घरमा सञ्चालित जुवाखालमा प्रहरीले छापा मारेर ९ जनालाई पक्राउ गरेको छ ।

बागलुङ नगरपालिका–२ हल्लनचोकस्थित खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूसहित ९ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पक्राउ पर्नेमा घरधनी खड्कासहित चिरञ्जीवी शर्मा, रिपोर्ट जि.सी., भीमबहादुर खत्री, केशव पराजुली, राजु गौतम, हरि शर्मा, डम्मरबहादुर भण्डारी र दुर्गाबहादुर खत्री रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार उनीहरूको साथबाट १ लाख ६४ हजार ९२५ रुपैयाँ नगद र ४३८ पत्ती तास बरामद गरिएको छ ।

जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७