आत्मदाह प्रयास गरेका व्यवसायी अश्विन राउतको अवस्था गम्भीर, अझै होस खुलेन


२०८३ असार २७ शनिबार १५:१७ बजे

काठमाडौं । आत्मदाह प्रयास गरेका व्यवसायी अश्विनकुमार राउतको स्वास्थ्य अवस्था अझै गम्भीर रहेको छ।

राउत अध्यक्ष रहेको राउत क्षेत्री सेवा समाजका सचिव रोशन राउतका अनुसार उनको महाबौद्धस्थित ट्रमा सेन्टरको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ। घटनापछि हालसम्म उनको होस खुलेको छैन।

परिवारले थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लैजान चाहेको भए पनि स्वास्थ्य अवस्था अत्यन्त जटिल रहेकाले चिकित्सकहरूले हाल अनुमति दिएका छैनन्।

सचिव राउतका अनुसार अश्विन राउत केही समयअघि भारतमा नसासम्बन्धी उपचार गराएर नेपाल फर्किएका थिए। उपचारपछि उनी खुट्टा खोच्याउँदै हिँड्ने अवस्थामा पुगेका थिए।

यसैबीच, पारिवारिक विवादका कारण उनले आत्मदाह प्रयास गरेको भन्ने चर्चा सत्य नभएको सचिव राउतले स्पष्ट पारेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७