विश्वकपमा जापानको शानदार जित

ट्युनिसिया समूह चरणबाटै बाहिरियो


२०८३ असार ७ आइतबार ११:५० बजे

काठमाडौं : एसियाली राष्ट्र जापानले अफ्रिकन राष्ट्र ट्युनिसियामाथि ४-० को शानदार जित हात पारेको छ। समूह ‘एफ’ अन्तर्गतको यो जितसँगै जापानले नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ। दुई खेलबाट जापानको ४ अङ्क पुगेको छ, जुन नेदरल्यान्ड्सको अङ्कसँग समान हो।

मेक्सिकोको मोन्टेरेमा सम्पन्न खेलमा जापानको जितमा असाय उएदाले दुई तथा दाइची कामाडा र जुन्या इटोले एक-एक गोल गरे। यसअघि जापानले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २-२ को बराबरी खेलेको थियो।

यता, लगातार दोस्रो हार बेहोरेपछि ट्युनिसिया भने समूह चरणबाटै बाहिरिएको छ। ट्युनिसिया आफ्नो पहिलो खेलमा स्वीडेनसँग ५-१ गोलले पराजित भएको थियो। विश्वकपमा जापानले ट्युनिसियालाई पराजित गरेको यो दोस्रो पटक हो। यसअघि सन् २००२ मा आफ्नै घरेलु मैदानमा आयोजित विश्वकपमा जापानले ट्युनिसियालाई २-० गोलले पराजित गरेको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७