सुकुम्वासी जहाँ थिए, त्यहीँ सिटी प्लान गरी पुनर्वास गराऊ: हर्क साम्पाङ

\'उहाँहरू जहाँ हुनुहुन्थ्यो, त्यहीँ सिटी प्लान गरी पुनर्वासको व्यवस्था गर्दा सरकारको वाहावाही हुने थियो\'


२०८३ असार ३ बुधबार ११:४१ बजे

काठमाडौं :  श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङले काठमाडौंका सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको पुनर्वासको माग गरेका छन्। आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा सुकुम्वासी बस्तीमा डोजर चलाएर उनीहरूलाई बेघर बनाइएको भन्दै आपत्ति जनाए।

उनले हाल होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीहरूले खानाको अभावमा आन्दोलन गरिरहेको भिडियो सार्वजनिक भएको बताउँदै उनीहरूको अवस्था निकै दयनीय रहेको उल्लेख गरे। उनले भने, 'सुकुम्वासी र अव्यवस्थित बसोबासीको घरमा डोजर चलाएर बेघर बनाइयो, अहिले उनीहरूको स्थिति निकै बेहाल छ।'

साम्पाङले सुकुम्वासीहरूलाई हटाउने मात्र नभई उनीहरूको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। उनले थपे, 'मेरो माग के छ भने, उहाँहरू जहाँ हुनुहुन्थ्यो, त्यहीँ सिटी प्लान गरी पुनर्वासको व्यवस्था गर्दा सरकारको वाहावाही हुने थियो।'

यसका साथै, प्रतिनिधिसभामा नेता साम्पाङले सीमा समस्याबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति पुनः असन्तुष्टि जनाउँदै उक्त विवादास्पद अभिव्यक्ति सदनको रेकर्डबाट हटाउन माग गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७