‘काउन्टर–इन्सर्जेन्सी’ मा काबिल धीरज सेठ भारतीय सेना प्रमुख

सुरक्षाका दृष्टिकोणले निकै संवेदनशील मानिने जम्मु–कश्मीर क्षेत्रमा प्रतिविद्रोह बल (काउन्टर–इन्सर्जेन्सी फोर्स) को समेत नेतृत्व गरेका धीरज सेठ भारतीय सेना प्रमुख ।


२०८३ जेठ ३१ आइतबार ०७:५३ बजे

काठमाडौँ :  भारत सरकारले लेफ्टिनेन्ट जनरल धीरज सेठलाई नयाँ सैनिक प्रमुख (चिफ अफ आर्मी स्टाफ) नियुक्त गरेको छ। वर्तमान सेनाप्रमुख जनरल उपेन्द्र द्विवेदी आगामी जुन ३० (असार १६ गते) का दिनदेखि सेवाबाट अवकाश हुन लागेकाले सरकारले हालका उपसेनाप्रमुख सेठलाई सेनाको सर्वोच्च कमान्ड सुम्पेको हो। नयाँ सेनाप्रमुख सेठले असार १६ गते (जुन ३०) को अपराह्नदेखि औपचारिक रूपमा आफ्नो कार्यभार सम्हाल्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

नयाँ सेनाप्रमुख नियुक्त भएका सेठ गत अप्रिल १ देखि भारतीय सेनाको उपप्रमुखका रूपमा कार्यरत छन्। करिब चार दशक लामो सैन्य सेवाको अनुभव सँगालेका उनले आफ्नो खेल जीवन र सेवाका क्रममा विभिन्न रणनीतिक तथा अपरेसनल जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गरिसकेका छन्। विशेष गरी विद्रोह नियन्त्रण तथा प्रतिविद्रोह (काउन्टर–इन्सर्जेन्सी) अभियानहरूमा उनको विशिष्ट अनुभव र दख्खल रहेको बताइन्छ। उनी ३० जुनमा भारतीय सेनाका ३१ औँ सेनाध्यक्षको शपथ लिनेछन्।

सैन्य रणनीतिमा अब्बल मानिने सेठले यसअघि मरुभूमि क्षेत्रमा आर्मर्ड रेजिमेन्ट र आर्मर्ड ब्रिगेडको कमान्ड गरिसकेका छन्। यसका साथै उनले सुरक्षाका दृष्टिकोणले निकै संवेदनशील मानिने जम्मु–कश्मीर क्षेत्रमा प्रतिविद्रोह बल (काउन्टर–इन्सर्जेन्सी फोर्स) को समेत नेतृत्व गरिसकेका कारण उनको यो कार्यकाललाई भारतीय सैन्य वृत्तमा निकै महत्वका साथ हेरिएको छ।  उनका बुवा कृष्णमोहन सेठ पनि भारतीय सेनामा कार्यरत थिए। कृष्णमोहनले लेफ्टिनेन्ट जनरलबाट अवकास पाएका थिए। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७