ओलीको राजीनामा माग्ने हल्ला भ्रम मात्रै हो: महेश बस्नेत

'अध्यक्षज्यूले जे-जे प्रस्ताव गर्नुभयो, बैठकबाट त्यही नै सर्वसम्मत पारित भयो'


२०८३ जेठ १० आइतबार २१:३६ बजे

काठमाडौँ :  नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बिदा गर्न लागिएको वा राजीनामा मागिएको भनेर सञ्चारमाध्यममा आएका समाचारहरू पूर्णतः भ्रामक र गलत सावित भएको बताएका छन्। पार्टीको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सचिव बस्नेतले बाहिर फैलाइएका हल्लाहरूलाई बैठकको निर्णयले अस्वीकार गरिदिएको स्पष्ट पारे।

सचिवालय बैठकपछि जानकारी दिँदै सचिव बस्नेतले भने, "बाहिर जुन किसिमले मिडियाबाजी भए, अध्यक्षज्यूलाई बिदा गरिँदैछ, राजीनामा मागिँदैछ, अध्यक्षको पक्षमा सचिवालयमा संख्या कमजोर छ भन्ने खालका भ्रामक प्रचार जे गरिए, ती सबै गलत छन् भनेर हामीले हिजोदेखि भन्दै आएका थियौं। आज बैठकमा अध्यक्षज्यूले जे-जे प्रस्ताव गर्नुभयो, त्यही नै पारित भयो।"

पछिल्लो समय एमालेभित्र शक्ति समीकरण बदलिएको र सचिवालयमा अध्यक्ष ओलीको पक्षमा बहुमत कमजोर रहेको भन्दै विभिन्न अड्कलबाजी भइरहेका बेला सचिव बस्नेतको यस्तो भनाइ आएको हो।

बैठकले अध्यक्ष ओलीद्वारा प्रस्तुत गरिएका सबै एजेन्डा र प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेसँगै पार्टीभित्रको आन्तरिक एकता बलियो रहेको र नेतृत्व फेरबदलको हल्लामा कुनै सत्यता नजमेको बस्नेतले दाबी गरे।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७