सुन्दर देखिएकै आधारमा मेरो आलोचना भयो : रास्वपा सांसद सृष्टी भट्टराई


२०८३ जेठ १० आइतबार २०:५० बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सृष्टी भट्टराईले आफू सुन्दर देखिएकै आधारमा आलोचना गरिएको भन्दै गुनासो गरेकी छिन् । पछिल्लो समय आफूमाथि भइरहेका आलोचनाहरू सुनेर अनौठो लागेको उल्लेख गर्दै उनले यसलाई ‘पाखण्डीपनको पराकाष्ठा को संज्ञा दिएकी हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो असन्तुष्टि पोख्दै युवा सांसद भट्टराईले समाजको दोहोरो चरित्रमाथि प्रश्न उठाएकी छन्। ठूला र गम्भीर विषयमा मौन बस्नेहरू आफूविरुद्ध खनिएको भन्दै उनले लेखेकी छन्, 'अरू भ्रष्ट हुँदा केही बोल्न नसक्ने व्यक्तिले मलाई भने केवल सुन्दर देखिएकै आधारमा आलोचना गरिरहेको छ! पाखण्डीपनको पराकाष्ठा। अब म आलोचनाको कारण निराश हुने कि, मेरो सुन्दरताले यति धेरै ध्यान तानेकोमा?' 

सांसद भट्टराईले आफू पनि विगतमा प्रश्न गर्ने नागरिककै ठाउँबाट राजनीतिको नीति निर्माण गर्ने र जवाफ दिने ठाउँमा आइपुगेको स्मरण गराउँदै आलोचना गर्नेहरूलाई सोही स्तरमा सोच्न चुनौती समेत दिएकी छन्। आलोचनालाई सकारात्मक रूपमा लिँदै उनले आफ्ना आलोचकहरूलाई रचनात्मक बन्न सुझाव दिएकी छन्। उनले थपेकी छन्, 'जवाफ दिने ठाउँमा पुगे पनि नबिर्सिनुस् म पनि त्यही प्रश्न गर्ने ठाउँबाटै आएको हो। सायद तपाईं पनि आउन सक्नुहोला, त्यसैले आफ्ना भूमिका, विचार र सोचलाई फराकिलो पारेर आउनुहोला ।'

मुलुकको बिग्रँदो अवस्था र निराशाजनक राजनीतिक परिदृश्यका कारण नै नयाँ पुस्ता राजनीतिमा आउन बाध्य भएको भन्दै उनले युवाहरू चुप लागेर बस्ने पक्षमा नरहेको स्पष्ट पारिन्। 'देशमा पछिल्ला वर्षदेखि भइरहेको अवस्थाले नै नयाँ पुस्ता राजनीतिमा आएका हौँ। हामी चुप लागेर बस्ने पुस्तामा पर्दैनौँ, त्यसको मतलब धेरै बोलिराख्नेमा पनि पर्दैनौँ,' उनले आफ्नो फेसबुक स्टाटसको अन्त्यमा लेखेकी छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७