महिला च्याम्पियन्स लिगको उपाधि बार्सिलोनालाई
साविक विजेता लियोन ४–० ले पराजित
काठमाडौँः स्पेनिस फुटबल क्लब बार्सिलोनाले फ्रान्सको बलियो टोली लियोनमाथि सानदार जित दर्ता गर्दै यूईएफए महिला च्याम्पियन्स लिगको उपाधि चुमेको छ।
नर्वेको उल्लेभल रंगशालामा शनिबार राति सम्पन्न फाइनल भिडन्तमा बार्सिलोनाले सर्वाधिक आठ पटकको विजेता लियोनलाई ४–० को भारी गोलअन्तरले स्तब्ध पारेको हो।
खेलको पहिलो हाफ प्रतिस्पर्धात्मक र गोलरहित रहे पनि दोस्रो हाफमा बार्सिलोनाले आक्रामक खेल प्रदर्शन गर्दै चार गोल थप्न सफल भयो। बार्सिलोनाको यो ऐतिहासिक जितमा स्ट्राइकरद्वय इवा पाजोर र साल्मा पारालुएलोले समान दुई–दुई गोलको योगदान दिए।
खेलको ५५औँ मिनेटमा इवा पाजोरले पहिलो गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएकी थिइन्। त्यसपछि दबाबमा परेको लियोनविरुद्ध ६९औँ मिनेटमा पाजोरले नै व्यक्तिगत दोस्रो गोल थप्दै टोलीको अग्रतालाई दोब्बर बनाइन्।
खेलको निर्धारित ९० मिनेटको अन्तिम समयमा साल्मा पारालुएलोले गोल गरेपछि बार्सिलोना ३–० को बलियो स्थितिमा पुग्यो। त्यसलगत्तै थपिएको इन्जुरी समयमा पारालुएलोले फेरि अर्को गोल थप्दै टोलीका लागि चौथो गोल गरिन् र बार्सिलोनाको सानदार जित सुनिश्चित गरिन्।
यो जितसँगै बार्सिलोनाले चौथो पटक महिला च्याम्पियन्स लिगको ट्रफी आफ्नो पोल्टामा पारेको छ, यसअघि टोलीले सन् २०२१, २०२३ र २०२४ मा यो प्रतिष्ठित उपाधि जितेको थियो।
.gif)

.png)

