‘सेतो हात्ती’ बन्यो नेपाल एयरलाइन्स, खरिद गर्न लिएको ऋण ५५ अर्ब पुग्यो

निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावाँ र ब्याज ५५ अर्ब चार करोड ७८ लाख पुग्यो ।


२०८३ जेठ १ शुक्रबार १८:२३ बजे

काठमाडौँ, १ जेठ : नेपाल वायु सेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावाँ र ब्याज रु ५५ अर्ब चार करोड ७८ लाख बराबर पुगेको छ । 

महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनका अनुसार बमोजिम उक्त रकम भुक्तानी गर्नुपर्ने उल्लेख गरिएको छ । निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट रु २२ अर्बबराबरको ऋण लिएको थियो ।

यस्तै, नागरिक लगानी कोषबाट रु १२ अर्ब बराबरको ऋण लिएको थियो । कुल तिर्न बाँकी सावाँ तथा ब्याज गरी कर्मचारी सञ्चय कोषलाई रु ३१ अर्ब ३३ करोड ९२ लाख ३१ हजार र नागरिक लगानी कोषलाई रु २१ अर्ब १२ करोड १७ लाख बराबर रहेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७