नेपाल लाइफद्वारा २५औँ वार्षिकोत्सवमा नि:शुल्क स्वास्थ्य शिविर र देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न


२०८३ बैशाख २२ मंगलबार २०:५१ बजे

काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत नि:शुल्क स्वास्थ्य शिविर तथा देशव्यापी बृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

कम्पनीले २०८३ साल बैशाख २१ र २२ गते प्रधान कार्यालयमा दुईदिने नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो। “आरबी डायग्नोस्टिक” को सहकार्यमा सञ्चालन गरिएको उक्त शिविरमा इसिजी, थाइराइड, सुगर, रक्तचाप, एसजिपिटी, कोलेस्ट्रोल तथा युरिक एसिड लगायतका परीक्षणहरू निःशुल्क गरिनुका साथै विशेषज्ञ चिकित्सकबाट परामर्श सेवा पनि प्रदान गरिएको थियो। उक्त शिविरबाट कुल ६०१ जनाले प्रत्यक्ष लाभ लिएका छन्।

यसै अवसरमा कम्पनीले सातै प्रदेशका १३ स्थानमा एकैसाथ बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको थियो। इटहरी, वीरगञ्ज, जनकपुर, काठमाडौं, नारायणगढ, पोखरा, बुटवल, धनगढी लगायतका स्थानहरूबाट गरी कुल ५०५ पिन्ट रगत संकलन गरिएको कम्पनीले जनाएको छ।

“किनकि, जीवन अमूल्य छ!” भन्ने नारालाई आत्मसात् गर्दै आएको कम्पनीले विगत २५ वर्षदेखि बीमा सेवा प्रदान गर्दै करिब ५४ लाख नेपाली परिवारको विश्वास जित्दै आएको छ। कम्पनीको सेवा सञ्जाल हाल ७७ वटै जिल्लामा फैलिएको छ भने ६९ हजारभन्दा बढी अभिकर्तामार्फत सेवा प्रवाह हुँदै आएको छ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली ले सञ्चालक समिति, शेयरधनी, ग्राहक, अभिकर्ता, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग र विश्वास रहने अपेक्षा व्यक्त गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७