नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड मच्चिँदा १८ जनाको मृत्यु


२०८१ फाल्गुण ४ आइतबार २३:२८ बजे

नयाँदिल्ली । भारतको नयाँ दिल्ली रेलवे स्टेसनमा शनिबार राति भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ । भारतीय पत्रिका दैनिक भास्करका अनुसार करिब ९ः२६ बजे भएको भागदौडमा १४ महिला र ३ बालबालिकाको मृत्यु भएको हो। 

घटनामा २५ भन्दा बढी घाइते भएका छन् । लोक नायक जय प्रकाश अस्पतालले मृत्युको पुष्टि गरेको छ । दुर्घटना प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा भएको थियो । महाकुम्भ जान दिउँसो ४ बजेदेखि नै स्टेसनमा भीड लागेको थियो । राति करिब ८ः३० बजे प्रयागराज जाने ३ वटा रेल ढिला भयो जसका कारण भीड बढ्यो र भागदौड मच्चियो ।

रेलमन्त्री अश्विनी वैष्णवले घटनाको छानबिन गर्न आदेश दिएका छन् । नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा मृत्यु भएकाहरूप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
यसअघि जनवरी २९ मा प्रयागराजको महाकुम्भमा भागदौड मच्चिँदा ३० जनाको मृत्यु भएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार फेब्रुअरी १०, २०१३ मा पनि कुम्भको समयमा प्रयागराज स्टेसनमा भागदौड हुँदा ३६ जनाको मृत्यु भएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७