आइपिएलमा चेन्नई र पञ्जाव विजयी
काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २३ रनले हराउँदै पहिलो जित दर्ता गरेको छ।
शनिबार चेन्नईमा भएको खेलमा पहिले ब्याटिङ गरेको चेन्नईले २ विकेट गुमाएर २१२ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको दिल्ली १८९ रनमा अलआउट भयो।
चेन्नईका ओपनर सन्जु स्यामसनले ५६ बलमा १५ चौका र ४ छक्कासहित अविजित ११५ रन बनाए। आयुष म्हात्रेले पनि ५९ रन योगदान दिए। दिल्लीका कप्तान अक्षर पटेलले १ विकेट लिए। चेन्नईका जेमी ओभरटनले १८ रन खर्चिएर ४ विकेट लिए भने अंशुल काम्बोजले ३ विकेट लिए।
उता हिजो भएको अर्को खेलमा पञ्जाब किंग्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको छ। चण्डीगढमा हैदराबादले दिएको २२० रनको लक्ष्य पञ्जाबले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो।
पञ्जाबका कप्तान श्रेयस अयरले ३३ बलमा ५ छक्का र चौकासहित अविजित ६९ रन बनाए। ओपनर प्रभसिमरन सिंह र प्रियांश आर्यले पनि अर्धशतक बनाएका थिए। हैदराबादका लागि अभिषेक शर्माले २८ बलमा ८ छक्का र ५ चौकासहित ७४ रनको आक्रामक पारी खेले।
पञ्जाबका शशांक सिंहले बलिङमा ३ ओभरमा २० रन खर्चेर २ विकेट लिए।
.gif)

.png)

