स्वर्णिम वाग्लेले सम्झिए कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना र सुवासचन्द्र नेम्बाङ


२०८२ चैत २२ आइतबार ११:५६ बजे

काठमाडौं : अर्थमन्त्री तथा रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले तीन जना पूर्वसभामुखहरूलाई सम्झिएका छन्। ३ पूर्वसभामुख कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना र सुवास नेम्वाङको नाम लिँदै उनले सभामुखमा रुपमा डिपी अर्यालले पनि संसद्‍मा नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरे ।

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख पदमा पार्टीका सांसद डिपी अर्याललाई समर्थन गर्ने क्रममा उनले तीन पूर्व सभामुखलाई सम्झिएका हुन्। कुशल व्यवस्थापकीय भूमिका निर्वाह गर्न सक्ने क्षमता भएका अर्यालले आगामी संसद् अर्यालको नेतृत्वमा असहल हुने र तटस्थततामा खरो सावित हुने विश्वास उनले व्यक्त गरे ।

‘२०१५ सालको निर्वाचनबाट सभामुख हुनुभएका कृष्णप्रसाद भट्टराईले केही मानकहरू स्थापित गर्नुभएको थियो। सरकार सत्तापक्षको र संसद विपक्षको हुन्छ भन्ने मानक त्यतिबेलै स्थापित भएको थियो,’ उनले भने, ‘यो न्याय गर्नुपर्ने मानक हो।’

वाग्लेले बहुदलीय व्यवस्था पुनर्स्थापित भएपछय २०४८ सालका सभामुख दमननाथ ढुंगानालाई पनि सम्झिए।‘उहाँले पनि आधुनिक युगका लागि संसदीय अनुभव बिर्सिसकेको नेपाली पुस्तालाई पनि ति उच्च मानक के हुन सक्छन् भनेर पुनर्स्थापित गराउनुभएको स्मरण म यहाँ गर्न चाहन्छु,’ उनले भने, ‘उहाँले पनि इमान्दारीका साथ सभामुख पदलाई न्याय गर्नुभएको हो।’

 उनले २०६२/०६३ सालपछि पूर्वसंविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई पनि सम्झिए। नेम्बाङले समन्वयकारी भूमिका निर्वाह गरेको चर्चा पनि उनले गरेका थिए। ‘कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना र सुवासचन्द्र नेम्बाङजस्ता आफूभन्दा अघि आएका अग्रजहरूलाई र अहिले नेपालका पुस्तालाई डिपी अर्यालले बोकेर आफ्नै शैलीमा ढालेर मौलिकता दिनुहुनेछ,’ उनले भने, ‘यो पाँच वर्षे कार्यकाल नेपालकै इतिहासमा अनुपम हुनेछ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७