केपी ओलीलाई  त्रिवि शिक्षण अस्पताल लगियो


२०८२ चैत १४ शनिबार ०८:१६ बजे

काठमाडौँ : पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ।

जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा राखिएका ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै अस्पताल पठाइएको प्रहरी स्रोतले जनाएको छ। प्रहरी स्रोतले भन्यो, 'स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै त्रिवि शिक्षण अस्पताल पठाइएको हो।'

ओलीले नियमित रूपमा धेरै औषधि सेवन गर्नुपर्ने भएकाले उनका सहयोगी राजेश शाक्यलाई पनि सँगै राखिएको छ।

स्वास्थ्य परीक्षणपछि उनलाई कहाँ राख्ने भन्नेबारे थप निर्णय गरिने प्रहरीले जनाएको छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७