सरकारलाई रचनात्मक र आलोचनात्मक समर्थन रहन्छ : हर्क साम्पाङ
काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले आफ्नो पार्टीले वर्तमान सरकारलाई रचनात्मक तथा आलोचनात्मक रूपमा समर्थन गर्ने नीति लिएको बताएका छन् ।
सिंहदरबारस्थित संसद भवन परिसरमा पद तथा गोपनीयताको शपथ ग्रहणका लागि पुगेका उनले सञ्चारकर्मीसँग संवाद गर्दै पार्टीको धारणा सार्वजनिक गरेका हुन्।
उनले आफू यसपटक संसदमा नयाँ सांसदका रूपमा प्रवेश गरेको उल्लेख गर्दै सिक्नुपर्ने धेरै विषय रहेको बताएका छन्।
.gif)

.png)

