रोशी खोलाको बाढीले वीपी राजमार्ग अवरुद्ध


२०८२ चैत ७ शनिबार ०८:३८ बजे

काठमाडौं : अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–११ स्थित कालढुंगा–दाउने खण्डमा सडक अवरुद्ध भएको छ ।

शनिबार बिहान करिब ३:३० बजे रोशी खोलाको पानी सडकमा पस्दा चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुंगालगायत क्षेत्रमा यातायात ठप्प भएको हो। खोलाको बहाव बढेर सडकसम्म पुगेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जनाइएको छ। प्रहरी र सम्बन्धित निकायबीच समन्वय गरेर सडक सञ्चालनमा ल्याउने काम भइरहेको छ।

जिल्ला ट्राफिक कार्यालय काभ्रेले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। अविरल वर्षाका कारण सडकका केही भागमा क्षति समेत पुगेको प्रहरीको भनाइ छ।

यसबीच, सिन्धुलीको दुम्जा प्रहरी चौकीमा करिब २५–३० वटा र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको चेकपोस्टमा १२–१३ वटा सवारीसाधन रोकेर राखिएको जनाइएको छ।

प्रहरीका अनुसार सडक सञ्चालन हुन अझै केही समय लाग्नेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७