पाटन अस्पताललाई स्वास्थ्य बीमाको रकम सरकारले तिर्न नसके महानगरले तिर्छ : मेयर महर्जन


२०८२ माघ २३ शुक्रबार १५:२६ बजे

काठमाडौँ : ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरेमा महानगरपालिकाले आफैँ सो रकम तिर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मेयर महर्जनले बीमाको रकम समयमै भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या आएको बताएका हुन् ।

उनले यदि भुक्तानीको समस्या समाधान नभएमा अस्पतालको सेवा बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने स्थितिमा आफूले नै प्रत्यक्ष जिम्मेवारी लिने बताए । 'यदि स्वास्थ्य सेवा बन्द गर्नुपर्‍यो भने सबैभन्दा बढी गाली म आफूले खानुपर्ने हुन्छ,' मेयर महर्जनले भने।

महानगर प्रमुख महर्जनले भने, 'यदि नेपाल सरकारले औपचारिक पत्रमार्फत ललितपुर महानगरपालिकालाई भुक्तानीको जिम्मेवारी सुम्पिएको खण्डमा हामीले त्यो जिम्मेवारी पूरा गर्नेछौँ।'

उनले पाटन अस्पतालका स्वास्थ्य सेवा सुधारका लागि सल्लाह र सुझाव लिएको कुरा पनि बताए। 'पाटन अस्पतालका प्राविधिक सल्लाहअनुसार नयाँ स्वास्थ्य केन्द्र स्थापना गर्न लागिरहेका छौँ, जसलाई निकट भविष्यमा सञ्चालनमा ल्याउनेछौँ,' महर्जनले भने।

उनले यो कार्यलाई एक राम्रो अभ्यासको रूपमा हेरेर थप्दै भने, 'यो सहकार्य ललितपुर महानगरपालिकामा मात्र होइन, सम्पूर्ण देशका स्थानीय पालिकाहरूका लागि एक असल उदाहरण बन्नेछ ।'

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७