पूर्वसांसद ढाका कुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश


२०८२ माघ १३ मंगलबार १६:२० बजे

काठमाडौँ : पूर्वसांसद डाक्टर ढाकाकुमार श्रेष्ठ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।

पार्टीका अध्यक्ष साम्पाङले उनलाई औपचारिक रूपमा स्वागत गरेका हुन् । अध्यक्षले सदस्यता वितरण गरेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै श्रेष्ठलाई पार्टीमा स्वागत गरिएको जानकारी दिएका छन्।

श्रेष्ठ यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक प्रणालीअन्तर्गत प्रतिनिधि सभामा निर्वाचित भएका थिए । 

तर, विवादास्पद अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई पार्टी सदस्यता र सांसद पदबाट निष्कासन गरेको थियो।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७