ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई कारको ठक्कर दिँदा मृत्यु


२०८२ पौष २१ सोमबार २०:०० बजे

काठमाडौँ : बुटवलको रामनगरमा कारको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । 

सोमबार साँझ बुटवलको रामनगरमा कारले ठक्कर दिँदा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलमा कार्यरत ट्राफिक प्रहरीका सहायक हवल्दार नागेश्वर पालको मृत्यु भएको हो ।

ड्युटीमा रहेका पाललाई बुटवलतर्फ आउँदै गरेको बागमती प्रदेश १-०३३-च ००७७ नम्बरको टोयटा कारले ठक्कर दिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक कमल क्षेत्रीले बताए । ठक्करबाट गम्भीर घाइते भएका पालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

ठक्कर दिने कार र चालक गुल्मी रेसुङ्गा नगरपालिका-१ का ५६ वर्षीय दीपेन्द्रसिंह थापा लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७