एमाले महाधिवेशन उद्घाटस्थलमा चहलपहल, बम डिटेक्टर र तालिमप्राप्त कुकुर परिचालन
काठमाडौं : नेकपा एमालेका एघारौं महाधिवेशन उदघाटन समारोह स्थलमा चहलपहल बढेको छ । भक्तपुर सल्लाघारीस्थित उद्घाटन समारोहस्थलमा कार्यकर्ताहरू भरिन थालेका छन् ।
कार्यक्रमस्थलको सुरक्षाका लागि विशेष तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ । प्रहरीले उदघाटन समारोहको मञ्च तथा समारोह स्थल वरपर कुकुर डुलाइरहेका छन् ।
विष्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने कुकुरहरु र बम डिटेक्टर उपकरणसहित प्रहरीहरु बिहानैदेखि परिचालित छन् ।
उदघाटन समारोह आज मध्याह्न १२ बजेदेखि सुरु हुने एमालेले जनाएको छ । जनपरिचालनलाई व्यवस्थित बनाउन ट्राफिक व्यवस्थापनमा विशेष योजना लागू गरिएको छ।
सहभागीहरूलाई पार्किङस्थलबाट व्यवस्थित तरिकाले महाधिवेशनस्थलसम्म ल्याउन सर्भिस लेनबाट भव्य जुलुससहित आउने प्रबन्ध मिलाइएको एमालेले जनाएको छ ।
विभिन्न जिल्लाबाट आउने सवारी साधनहरूका लागि जगातीस्थित भाइरल प्लानिङ र गठ्ठाघरमा रहेको नागरिक उडड्यन प्राधिकरणको खाली चौरमा पार्किङको व्यवस्था गरिएको छ।
.gif)

.png)

