काठमाडौँमा मेलम्चीको पानी आपूर्ति अझै अनिश्चित, जुटेन सहमति


२०८२ कार्तिक २५ मंगलबार १४:५२ बजे

काठमाडौँ : मेलम्चीका स्थानीय र सरकारबीचको विवाद अझै समाधान हुन सकेको छैन । मंगलबार खानेपानी मन्त्रालयमा बसेको वार्ता निष्कर्षबिना सकिएपछि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी कहिले आउने भन्ने अनिश्चितता झन् बढेको हो । 

स्थानीयहरूले गत बिहीबारदेखि मेलम्चीको मुहानबाट काठमाडौँतर्फ पानी पठाउन रोकेका हुन् । उनीहरूले विगतमा सरकारसँग गरेका मागहरू पूरा हुनुपर्ने अडान लिएका छन् ।

नेपाली कांग्रेस हेलम्बुका सचिव राजकुमार भण्डारीका अनुसार, हालसम्म दुवै पक्षबीच कुनै सहमति हुन सकेको छैन। प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मेलम्ची खानेपानी आपूर्ति अवरुद्ध हुन नदिन सम्बन्धित निकायलाई आवश्यक पहल गर्न निर्देशन दिएकी थिइन्। 

त्यसअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोसँग भेट गरी अवरोध हटाउन आग्रह गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७