मोहन वैद्यले छोेडे पार्टीको कार्यकारी पद, महासचिवमा गजुरेल 


२०८२ कार्तिक २ आइतबार ११:५७ बजे

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य पदबाट राजीनामा दिएका छन् । पार्टी महासचिवमा सीपी गजुरेल चयन भएका छन् ।

स्वास्थ्यका कारण महासचिवको जिम्मेवारीबाट हटेर वैद्य सल्लाहकार बनेका हुन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकले आफूलाई महासचिवका रुपमा अनुमोदन गरिसकेको गजुरेलले जानकारी दिए ।

‘स्वास्थ्यको कारणले राजीनामा दिनु भएको हो । उहाँ सल्लाहकारमा बस्नुहुन्छ’ उनलेभने, ‘म पूर्ण महासचिव भइसकेँ। केन्द्रीय समिति बैठकले नै महासचिवका रुपमा अनुमोदन गरिसकेको छ ।’ 

वैद्य २०६९ असार ४ गते एकीकृत नेकपा माओवादी विभाजन गरेर आफ्नै नेतृत्वमा पार्टी बनायता निरन्तर कार्यकारी नेतृत्वमा थिए।

तत्कालीन नेकपा (मशाल) को महामन्त्री रहेका उनले २०४५ सालमा चर्चित सेक्टर काण्डपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेतृत्व सुम्पिएका थिए। 

७९ वर्षीय वैद्य लामो समयदेखि दम, निमोनिया लगायतबाट पीडित छन्। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७