सरकारलाई सिफारिस : टियु मैदानमा खेलकुद प्रतियोगिता बन्द गर्नु


२०८२ असोज २७ सोमबार १९:२१ बजे

काठमाडौं : त्रिभुवन विश्वविद्यालय जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले त्रिवि कीर्तिपुरस्थित क्रिकेट रंगशालामा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता बन्द गर्न सरकारलाई सिफारिस गरेको छ।

समितिले सोमबार बुझाएको सिफारिसमा विश्वविद्यालय क्याम्पस परिसरभित्र यस्ता ठूला प्रतियोगिताले अध्ययन, अनुसन्धान तथा प्रशासनिक कार्यमा बाधा पुर्‍याउने भन्दै प्रतियोगिता रोक्न माग गरिएको छ ।

समितिको सिफारिसमा भनिएको छ, 'त्रिवि विश्वविद्यालय क्याम्पस परिसरभित्र सामान्य स्तरको विश्वविद्यालयका विद्यार्थीहरू मात्र खेलकुद गर्ने रंगशाला हुनु उचित नै देखिने तर सो बाहेकका राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगिता हुने वा हुनसक्ने क्रिकेट रंगशाला, कभर्डहल तथा फुटबल रंगशालामा सञ्चालन हुने कार्यक्रमहरूले त्रिविको शैक्षिक प्राज्ञिक वातावरणलाई शान्त र सौम्य राख्न नसक्ने भएकाले ती कार्यक्रमहरू अन्यत्र सारिनुपर्छ।'

शैक्षिक वातावरणलाई शान्त र सौम्य बनाउन भन्दै प्रतियोगिता बन्दको सिफारिस गरिएको भए पनि रंगशालामा हाल मर्मत र स्तरोन्नति कार्य भइरहेको छ। समितिको सिफारिसबारे सरकारले के निर्णय लिन्छ भन्ने विषयमा चासो बढेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७